काठमाडौं । नारायणी डेभपलमेन्ट बैंकको हकप्रद शेयर निष्कासन पुस ७ गतदेखि खुला हुने भएको छ । बैंकले न्यूनतम चुक्ता पुँजी कायम गर्ने प्रयोजनका लागि निष्कासन गर्न लागेको १ः१ बराबरको हकप्रद शेयर पुस ७ गते देखि पुस २७ गतेसम्म खुला हुन लागेको हो ।
हकप्रद जारी गर्ने प्रयोजनका लागि मंसिर २३ गतेका लागि बैंकले शेयरधनी किताब खाता बन्द गर्ने जनाएको छ । जसअनुसार कात्तिक २२ गतेसम्म दोस्रो बजारमा कारोबार भइ आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले सो हकप्रद शेयर भर्न पाउनेछन् ।






