सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता रू. २२० मूल्य तोकेर उक्त शेयर विक्रीको लागि सुचना जारी गरेको हो । 

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ  । आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा  भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो  शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।

Read More
  • MBL - below news