८ प्रतिशत नबिल डिबेन्चर २०८५ को सूचीकरणको लागि सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
८ प्रतिशत नबिल डिबेन्चर २०८५ को सूचीकरणको लागि सम्झौता

नबिल बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच ‘८ प्रतिशत  नबिल डिबेन्चर २०८५’ को क्रम संख्या १ देखि २२, ०७, १०८ सम्म अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको कुल २२, ०७, १०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। 

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरे।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आव्हान गरी मिति २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो। सूचीकृत ‘८  प्रतिशत नबिल डिबेन्चर २०८५’ को दोश्रो बजारको कारोबार आजदेखिबाट नेप्सेमा सुरु हुनेछ।

Read More