एनएमबिले रच्यो इतिहास, ४८ देशका बैंकलाई पछि पार्दै जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबिले रच्यो इतिहास, ४८ देशका बैंकलाई पछि पार्दै जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ।  एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै बैंक अफ दि इयर बन्न सफल भएको हो।

एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक 'बैंक अफ दि एयर २०२१ एसिया' को अवार्ड जितेको हो। यसअगाडी न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यानलाई हस्तान्तरण गरेका छन्।   

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिकाले सन् २०२१ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०२१ एसिया’ बाट एनएमबि बैंकलाई सम्मान गरेको हो।

एनएमबि बैंक यस अगाडी तीन पटकसम्म ‘बैंक अफ दि एयर नेपाल' बाट सम्मानित भईसकेको छ।  बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका फाइनान्सियल टाइम्सले बैंकलाई उक्त उपाधि दिएको हो ।

Read More
  • MBL - below news