कनेक्टआईपीएसको कारोबार शुल्क घट्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कनेक्टआईपीएसको कारोबार शुल्क घट्यो

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक÷वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले २०७८ मंसिर ७ गतेबाट कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ,५०० भन्दा माथि ५,००० सम्मप्रति कारोबार शुल्क ४ रुपैयाँ र ५,००० रूपैयाँ भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ रुपैयाँदेखि ५ रुपैयाँसम्म कायम रहेको छ ।

Read More
  • MBL - below news