नेपाल क्लियरिङ हाउसले मंसिर ७ गते बाट लागू हुनेगरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नयाँ कारोबार शुल्क अनुसार अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले जति पनि कारोबार अधिकतम ८ रुपैयाँमा गर्न सक्ने भएका छन् । अर्थात् कम्पनीले यसअघि कायम फन्ड ट्रान्सफर शुल्क घटाउँदै न्यूनतम २ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँ कायम गरेको हो ।
परिवर्तित शुल्कअनुसार अब कम्पनीले रु. ५०० सम्मको भुक्तानीमा प्रति कारोबार २ रुपैयाँले शुल्क लिनेछ भने रु. ५०० भन्दा माथि रु. ५,००० सम्म प्रति कारोबार ४ रुपैयाँ र सो भन्दा माथि जति पनि भूक्तानी कारोबारमा जम्मा ८ रुपैयाँ शुल्क लिने जनाएको छ ।
यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब/मोबाइल एप, बैंक/वित्तिय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।








