एनएमबि बैंक र प्राइम कमर्शियल बैंकले बार्षिक साधारणसभाको मिति तय गरेका छन्। तर प्राइम कमर्शियल बैंकले मात्रै अहिले साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति समेत तय गरेको छ।
एनएमबि बैंकले यहि पुष २२ गते आफ्नो २६ औं बार्षिक साधारणसभा डाकेको छ। त्यसका लागि बैंकले बुक क्लोज मिति भने तय गरेको छैन। सम्भवत बैंकले अर्को सूचना जारी गरि बुक क्लोजको मितिबारे जानकारी दिनेछ।
त्यस्तै एनएमबि बैंकले संचालक समितिको बैठकले कात्तिक १२ गते प्रस्ताव गरेको लाभांश साधारणसभामा लैजादैछ। संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई चुक्तापुंजी १६ अर्ब ३२ करोड रुपैयाँको १२।५ प्रतिशत बोनस सेयरले हुन आउने २ अर्ब ४ करोड रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै कर प्रयोजन सहित बैंकले ३।३ प्रतिशतले हुन आउने करिब ५३ करोड ८७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ।
साधारणसभाबाट पारित भए पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी १८ अर्ब ३६ करोड पुग्नेछ।
त्यस्तै प्राइम कमर्शियल बैंकले पुष ६ गते मंगलबार आफ्नो चौधौं बार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ प्राइम बैंकले मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मंसिर २१ सम्म कायम सेयरधनिहरुले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन।







