विश्वका ठूला प्रविधि कम्पनीहरुमा भारतीय सीइओहरुको वर्चश्व, ट्वीटरमा पनि आए अग्रवाल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्वका ठूला प्रविधि कम्पनीहरुमा भारतीय सीइओहरुको वर्चश्व, ट्वीटरमा पनि आए अग्रवाल

काठमाडौं : पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीहरुको नेतृत्व भारतीय मुलका व्यक्तिहरुले लिने क्रम बढेको छ । यसैबीच, ट्वीटरले पनि भारतीय मुलका अमेरिकी नागरिक पराग अग्रवाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । ट्वीटरका संस्थापक ज्याक डोर्सीले आइतबार सीइओ पद छोड्ने घोषणा गरेपछि अग्रवाललाई नयाँ सीइओको जिम्मेवारी दिइएको हो ।
 

अग्रवाल ३७ वर्षकै उमेरमा ट्वीटरका सीइओ बनेका छन् । उनी ‘एस एन्ड पी ५००’ मा सूचीकृत कम्पनीहरु मध्येकै सबैभन्दा कन्छो सीइओ बनेका छन् । साथै, विश्वका ठूला प्रविधि कम्पनीहरुको सीइओ पद सम्हाल्ने भारतीय मुलका १२औं व्यक्ति पनि बनेका छन् । गुगल, आइक्रोसफ्ट, आइबीएम लगायत विश्वका ठूला प्रविधि कम्पनीहरुमा यसअघि नै भारतीय मुलका व्यक्तिको नेतृत्व रहेको छ ।

Read More
  • MBL - below news