लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

काठमाडौँ / मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन  प्रणालीको शुरुवात गरेको छ । 

उक्त प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने कम्पनीले जनाएको छ । 

नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । 

साथै उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए । 

Read More