राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग महालक्ष्मी लाइफ’कार्यक्रम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग महालक्ष्मी लाइफ’कार्यक्रम

काठमाडौँ / महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशव्यापाी रूपमा सञ्चालन गरिरहेको उक्त कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा सम्पन्न गरेको हो । 

कम्पनीको ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ। युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । 

कम्पनीले यस साता सो कार्यक्रम बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न गरेको जनाएको छ । 

मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । 

कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिनु भएको कार्यक्रममा अतिथी गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए । 

Read More
  • MBL - below news