महालक्ष्मी विकास बैंकको सर्वाधिक रू. १७ करोड ४८ लाख बराबरको शेयर खरीदविक्री


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको सर्वाधिक रू. १७ करोड ४८ लाख बराबरको शेयर खरीदविक्री

मंसिर १३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।


कारोबारमा आएका २०४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.१७ करोड ४८ लाख ५६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६० मा कारोबार भएको छ । 

कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । 

Read More