भर्चुअल डलर कार्ड सहितका ५ सेवा सुरु गर्दै सिभिल बैंकले मनायो ११ औ वार्षिकोत्सव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भर्चुअल डलर कार्ड सहितका ५ सेवा सुरु गर्दै सिभिल बैंकले मनायो ११ औ वार्षिकोत्सव

सिभिल बैंक Civil Bank Limited ले विभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सव मनाएको छ । बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकले 'प्रायोरीटि बैंकिग सेवा' , 'कल सेन्टर सेवा' , 'मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवा लगायतका सेवा सुरु गरेको हो ।  बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागी झन्झटरहित तथा समर्पित बैंकिंग सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको र सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले  बैकका ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन गरेको छ।  बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले कल सेन्टर उद्घाटन गरेका हुन् । त्यस्तै बैंकले केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको सुरुवात गरेको छ । 

Read More
  • MBL - below news