एफपीओ निष्कासन गर्ने तयारीमा रहेको मिर्मिरे लघुवित्तको वित्तीय अवस्था :


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एफपीओ निष्कासन गर्ने तयारीमा रहेको मिर्मिरे लघुवित्तको वित्तीय अवस्था :

मंसिर १०,काठमाडौं ।  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका लागि निवेदन दिइसकेको छ । कम्पनीलले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । 
कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । दोस्रो बजारमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले उक्त कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ  । 

Read More
  • MBL - below news