सुनसरी, मोरङ्ग, र रौतहटमा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुनसरी, मोरङ्ग, र रौतहटमा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न गरेको छ।

कम्पनीले मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति कार्यक्रम गरेको हो । कार्यक्रममा  बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेको र कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेको कम्पनीले जनाएको छ।

त्यसै गरी सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए।  

Read More
  • MBL - below news