झण्डै ७० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमै, कर्णालीमा ०.६ मात्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
झण्डै ७० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमै, कर्णालीमा ०.६ मात्र

काठमाडौँ — निक्षेप र कर्जा परिचालन मात्रै नभई इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि बाग्मती प्रदेशमै केन्द्रित रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकको संघीय संरचना अनुसार समग्र वित्तीय सेवा विकेन्द्रित हुन नसक्दा इन्टरनेट र मोबाइल बैकिङ सेवा पनि बाग्मती प्रदेशमा केन्द्रित रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।   

राष्ट्र बैंकका अनुसार मुलुकभरको कुल इन्टरनेट बैंकिङ कारोबारमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ६८.६ प्रतिशत छ । जसअनुसार कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ०.६ प्रतिशत छ । यस्तै, प्रदेश १ को हिस्सा ८, प्रदेश २ को ७.६०, गण्डकीको ६.६, लुम्बिनीको ६.९० र सुदूरपश्चिम प्रदेशको १.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

मोबाइल बैंकिङका कुल प्रयोगकर्तामध्ये सबैभन्दा बढी ३९.५ प्रतिशत बाग्मती प्रदेशमै रहेको देखिन्छ । जसअनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम २.९ प्रतिशत मोबाइल बैकिङ प्रयोगकर्ता छन् । यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये प्रदेश १ को हिस्सा १३.७, प्रदेश २ को ९.६, गण्डकीको ११.५, लुम्बिनीको १६.२ र सुदूरपश्चिम प्रदेशको ६.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

Read More
  • MBL - below news