सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।
उक्त बैंकका खातावाला राजु लामा तामाङको दूर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई दुर्घटना बीमा रकम एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।
बीमाको रकम श्रीमती कल्पनालाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरे।
स्वर्गीय राजुले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए।








