बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ । कोएन डेस्क र बिबिसी न्यूजको रिपोर्ट अनुसार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले गल्फ अफ फोनसका नजिकैको ठाउँलाई ‘बिटकोइन सिटी’ बनाउने योजना रहेको बताएका छन् ।

त्यो शहरमा क्रिप्टो माइनिङ गर्नका लागि जिओथर्मल पावर प्लान्ट पनि बनाइने छ । शहरमा क्यापिटल गेन, पेरोल वा सम्पत्ति कर दिनुपर्दैन्, मात्रै मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ ।

देशले आफ्नो जनतालाई क्रिप्टोकरेन्सी प्रयोग गर्नदिन क्रिप्टो वालेट पनि सार्वजनिक गरेको छ । जसले नागरिकलाई क्रिप्टोकरेन्सी प्रयोग गर्न अनुमति दिन्छ ।

गत जुनमा एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी रुपमै स्वीकारेको थियो । यसरी स्वीकार गर्ने एल साल्भाडोर विश्वको पहिलो देश समेत हो । 

Read More
  • MBL - below news