नेपाल टेलिकमको अटम अफरमा यस्ता छन् सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल टेलिकमको अटम अफरमा यस्ता छन् सुविधा

नेपाल टेलिकमले अटम अफर उपलब्ध गराइरहेको छ। मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटिटिएच सेवामा समर अफर अन्तर्गत उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी साे अफर उपलब्ध गराइएकाे हाे।

याे अफर कात्तिक एकदेखि ९० दिनसम्मका लागि कम्पनीले लागू गरिएको छ। ग्राहककाे सुविधाका लागि उपलब्ध गराएको अटम अफर थप आकर्षक हुने विश्वास कम्पनीको छ। 

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध छ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी पाँच सय ९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध छ।

यो अफर खरिद गरेपछि सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले दुई सय ९९ मा प्रतिदिन एक जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड–अन प्याकको रुपमा खरिद गर्न सकिन्छ।

Read More
  • MBL - below news