२२.६१ प्रतिशत लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२२.६१ प्रतिशत लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Read More
  • MBL - below news