मंसिर ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोसर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा उक्त कम्पनीको रू. १२ करोड १३ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४३ मा कारोबार भइरहेको छ ।




