सम्पूर्ण बैंकवित्त र वित्तीय संस्थाले आफूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुस्


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सम्पूर्ण बैंकवित्त र वित्तीय संस्थाले आफूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुस्

महाप्रसाद अधिकारी, (गभर्नर)

अहिलेकाे समय डिजिटलकाे युग हाे। हरेक समय परिवर्तन हुँदै प्रविधिमुखी बन्दै गएकाे छ र याे जरूरी पनि हाे। यसै अनुसार अहिले हरेक वित्तीय संस्थाहरूले डिजिटल प्रणालीमा आफूलाई रूपान्तरण गर्दै लैजानु पर्छ।

यसाे गर्न सकियाे भने मात्र डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुन सक्छ। यसै अवधारणा अनुसार नेपाल राष्ट्र बैंकले मताहतका सबै वित्तीय संस्थाहरूलाई प्रविधीमैत्री बनाउँदै सेवा प्रवाह गर्न प्रेरित गरेकाे छ।

अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तर–आबद्धता कायम हुनेछ।

यसै अनुसार नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा नेपालभित्र हुने डिजिटल कारोबारको भुक्तानी गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउने काम पुरा गर्दछ। यस अन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम गर्नेछ, पहिलो चरणमा कार्ड बाहेकका रिटेल, दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइनेछ।

यो प्रणालीमा सबै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भए मात्रै सफल हुन्छ। हामी यो प्रणालीको विस्तारको लागि पूर्ण सहयोग गर्न तयार रहेका छौं।

Read More
  • MBL - below news