ज्योति विकासको ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड, ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकासको ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड, ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा

काठमाडौं/ ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। 

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।

बैंकले यहि मिति २०७८ साल मंसिर ५ गते देखि डिजिटल बैंकिंग सेवालाई लाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, Self-Account Link अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्।

Read More