५ मंसिर, काठमाडौं । उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।
प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्टिबलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।





