महालक्ष्मी लाईफ इन्स्योरेन्सले झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम गरेको छ।
कम्पनीका अनुसार कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास ऊप्रेतिले र स्वागत मन्तब्य जागरण अभियानका केन्द्रिय सदस्य अम्बर बहादुर चौहानले गरेका थिए। उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उप क्षेत्रिय प्रमुख गुन्जन थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा बीमाको महत्व बारे क्याम्पस प्रमुख श्री बिकास ऊप्रेति र मन्तब्य प्राध्यापक टिकाराम घिमिरेले दिएको कम्पनीले जनाएको छ ।





