नेपाल पुनर्बीमाकाे वित्तीय विवरण प्रकाशनमा किन भइरहेकाे छ ढिलाई?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पुनर्बीमाकाे वित्तीय विवरण प्रकाशनमा किन भइरहेकाे छ ढिलाई?

नेप्सेमा सूचीकृत अधिकाँश कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विरण प्रकाशित गरिसकेका छन्। तर नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन्।


नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्न ढिलाई हुने गरेको छ। अरु कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा नेपाल पुनर्बीमाले भने बल्ल गत आर्थिक वर्षको वित्तीय विरण प्रकाशित गर्ने तयारी थालिरहेको छ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा वित्तीय विवरण पठाउन ढिलाई गर्दा समयमै वित्तीय विवरण तयार पार्न नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर राइमाझीको भनाई छ।

‘बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण नपठाउँदा हाम्रो वित्तीय विवरण सार्वजनिक गर्न ढिलो हुने गरेको छ,’ सिइओ राइमाझीले भने, 'केहि प्राविधिक करणले पनि बीमा कम्पनीहरुले वित्तीय विवरण समयमै पठाउन सक्दैनन्।'

 

Read More