एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा गरेको हो ।
सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।



