शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएसँगै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएसँगै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९५२ दशमलव ६० पुगेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै लगानीकर्ताको आकर्षण परेको हो । सोही कारण मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा विक्री माग शून्य रहेको छ भने खरीद माग ४४ हजार ३० कित्ता रहेकोे छ । 

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि गत मंसिर ३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै अव कम्पनीले रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

Read More
  • MBL - below news