वित्तीय साक्षरता : बचत, सुरक्षा र कारोबारको लेखाजोखा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय साक्षरता : बचत, सुरक्षा र कारोबारको लेखाजोखा

परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो । व्यवसायको विकास र विस्तार, व्यवसाय सृजना तथा प्रर्वद्धन पनि वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय साक्षर व्यक्तिले आफ्नो आय वृद्धि गर्न, आफ्नो काम तथा व्यवसायको प्रवद्र्धन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्छ । त्यसै गरी ग्राहक सम्बन्ध, बजार व्यवस्थापन, उत्पादन व्यवस्थापन, मौज्दात व्यवस्थापन आदि ज्ञान दिनु पनि वित्तीय साक्षरताको उद्देश्य हो ।

वित्तीय संस्थाको उद्देश्य
आफ्नो आवश्यकता र अवस्था सुहाउँदो उत्तम वित्तीय सेवाको छनोट गर्नु, निर्णय गर्नु तथा उद्यमशीलता वृद्धि गरी आम्दानी बढाउनु वित्तीय शिक्षाको उद्देश्य हो । हरेक व्यक्ति, घर, टोल तथा समुदायमा वित्तीय शिक्षा पुर्याउनु आवश्यक छ । यसका लागि तालीम, वयस्कहरूलाई सिकाउने सिकाइ सामग्रीको विकास गरी योजना तयार पार्नुपर्छ । बालबालिकामा वित्तीय साक्षरता बढाउन पाठ्यक्रममा वित्तीय साक्षरतालाई समावेश गर्नु आवश्यक भइसकेको छ ।

आय स्रोत
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

बचत
नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नुपर्छ ।

कारोबारको लेखा

Read More
  • MBL - below news