२ मंसिर, काठमाडौं । नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्थाहरु आबद्ध भएका छन् ।
नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति प्रदान गरेको थियो ।
स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा फाइनान्स गरी २९ बैंक तथा वित्तीय संस्थाहरु जोडिएका हुन् ।
बिहीबार आयोजित विशेष समरोहमा हाउस र बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेशनल पेमेन्ट स्वीच सञ्चालनमा जोडिएका बैंकहरुः
१. कृषि विकास बैंक
२. बैंक अफ काठमाण्डु
३. सेञ्चुरी कमर्सियल बैंक
४. सिटिजन्स बैंक
५. एभरेष्ट बैंक
६. हिमालयन बैंक
७. लक्ष्मी बैंक
८. माछापुच्छ्रे बैंक
९. मेगा बैंक
१०. नबिल बैंक
११. एनआईसी एसिया
१२. एनसीसी बैंक
१३. नेपाल बंगलादेश बैंक
१४. एनएमबी बैंक
१५. प्रभु बैंक
१६. प्राइम कमर्सियल बैंक
१७. सानिमा बैंक
१८. सनराइज बैंक
विकास बैंकहरु:
१. मुक्तिनाथ विकास बैंक ...





