अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने नियमावलीको मस्यौदा तयार भएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदामा सार्वजनिक गरेको हो ।

मस्यौदामा उल्लेख भएअनुसार अब उपभोक्ताले कुनै सेवा प्रदायकको सेवा मन नपराएमा नम्बर परिवर्तन नगरिकनै अर्काे सेवा प्रदायक छान्न सक्ने छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा एमएनपि सेवा संचालन गर्न कुनै एक व्यक्तिलाई अख्तियारी दिनेछ । 

यो सेवा लिनका लागि भने ग्राहकले केही शर्तहरु पूरा गरेको हुनुपर्नेछ । जस्तै, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने उक्त सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रियतापूर्वक चलाएको भने हुनुपर्छ ।

Read More