नबिल बैंकले ल्यायो प्रिमियम रेमिटेन्स बचत खाता योजना


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले ल्यायो प्रिमियम रेमिटेन्स बचत खाता योजना


नबिल बैंक Nabil Bank Limited ले प्रिमियम रेमिटेन्स बचत खाता योजना संचालनमा ल्याएको छ।  बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत यस खाता योजना संचालन ल्याएको हो ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने र ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्ने बैंकले जनाएको छ ।   बैंकले यस खाता योजनामा व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने उल्लेख गरेको छ ।  

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Read More