मिर्मिरे लघुवित्त वित्तीय संस्था एफपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, प्रतिकित्ता भाउ कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्त वित्तीय संस्था एफपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, प्रतिकित्ता भाउ कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ७७ रुपैयाँ ८ पैसा प्रिमियम जोडेर प्रतिकित्ता १७७ रुपैयाँ ८ पैसामा ५१ हजार ३१६ कित्ता एफपीओ बिक्री अनुमति मागेको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्ने भएको छ ।

मिर्मिरेले एफपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । यस एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । एफपीओ निष्कासन सम्बन्धी कार्य गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।

Read More
  • MBL - below news