नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँमाञ पालिकासँग बैंकिङ अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको जनाएको छ ।
दार्मागाउँ पालिकामा नबिल बैंककोतर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँ पालिकाको तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त साझेदारीमार्फत गाउँ पालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷ तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य राखेको छ ।








