मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे २ घण्टाको अवधिमा आइसीएफसी फाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स,ग्लोबल आइएमई समुन्नत स्किम - १, एनआईसी एशिया ब्यालेन्स फण्ड र महालक्ष्मी विकास बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी गुडवील फाइनान्सको धितोपत्रमा १३ लाख ५६ हजार ५७ कित्ता धितोपत्र खरीद माग रहेको छ ।






