उच्च लाभांश र ठूलो वाणिज्य बैंकसँग मर्जको हल्लाले महालक्ष्मी विकास बैंकको शेयरमा उछाल


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उच्च लाभांश र ठूलो वाणिज्य बैंकसँग मर्जको हल्लाले महालक्ष्मी विकास बैंकको शेयरमा उछाल

काठमाडौं । गएको केहि हप्तादेखि महालक्ष्मी विकास बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मीएको देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयरमा लगानीकर्ताको आकाषर्ण हुनमा बैंकको आम्दानी र आम शेयर लगानीकर्तालाई दिनसक्ने लाभांश देखिएको छ । 

महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको तीन महिना अर्थात पहिलो त्रैमासमा नाफा ४४.२८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर विकास बैंकहरुमध्ये अब्बल देखिएको छ । गत वर्षको सोहि अवधिमा बैंकले १५ करोड ९७ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ । भने नेट फि तथा कमिशन आम्दानी ५८.५५ प्रतिशत र सञ्चालन मुनाफा मात्रै ५१.४७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ । तरलता अभाव भइरहेका बेलामा पनि बैंकले निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढाएको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २१.१३ गुणा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको प्रगति राम्रो भएकाले ठूला बाणिज्य बैंकहरु नबिल बैंकसँग मर्जको हल्ला समेत बाहिर आएको छ । 

Read More