भ्याल्यू स्टक भनेको के हो, कसरी छान्ने यस्ता सेयर ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भ्याल्यू स्टक भनेको के हो, कसरी छान्ने यस्ता सेयर ?

काठमाडौं : सेयर बजारमा विभिन्न किसिमका गुण र विशेषता भएका स्टकहरु हुने गर्छन् । कुनै डिभिडेन्डमा केन्द्रित भएका स्टकहरु हुन्छन् भने कुनै ग्रोथ स्टक हुने गर्छन् । त्यसैगरी कुनै इन्कम स्टकहरु हुन्छन् । यी स्टकहरुका आ–आफ्नै विशेषता हुने गर्दछन् । यसर्थ, आफू कस्तो किसिमको लगानीकर्ता हो ? त्यसको पहिचान गरी सोही अनुसार स्टकहरु छनोट गर्न सक्नुपर्छ । 

लाभांशमा केन्द्रित हुने कि, पुँजीगत लाभलाई बढीमात्रामा जोड दिने कि भन्ने कुरा स्वयं लगानीकर्तामा निर्भर रहने गर्छ । यस्तै, कुनै स्मल क्यापका कम्पनीहरु हुन् सक्छन्, जसमा छिटोछिटो भाउ उतारचढाव हुने गर्दछ । यस्ता कम्पनी विशेषगरी ट्रेडिङ प्रपोजले बढी महत्वपूर्ण हुन सक्छ ।

यसैगरी, लार्ज क्याप र सबल आधारभूत पक्ष भएका कम्पनीहरुले ढिलो पुँजीगत लाभ दिए पनि लाभांशबाट पर्याप्त फाइदा लिन सकिने हुन सक्छ । यसतर्फ, सर्वसाधारण लगानीकर्ताले विशेष ख्याल गर्नुपर्ने हुन्छ । यसैसन्दर्भमा यसपटक हामी भ्याल्यू स्टक र इन्कम स्टकका बारेमा चर्चा गर्दैछौं । भ्याल्यू स्टक के हो ? कसका लागि यस्ता स्टक बढी महत्वपूर्ण हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिने प्रयास गर्दैछौं । 

 

भ्याल्यू स्टक 

विशेषगरी अन्डरभ्याल्यूड भएका स्टकहरु छनोट गरी पर्याप्त लाभ लिन सक्नु । उचित अनुसन्धान र गृहकार्य गर्नेहरुका लागि अन्डरभ्याल्यूड स्टकहरुले लामो समयसम्म नाफा प्रदान गर्न सक्दछ । यसमा बजारमा अवमूल्यनमा परेका अथवा आधारभूत र प्राविधिक पक्षका आधारमा आफ्नो वास्तविक भाउ भन्दा कम मूल्यमा कारोबार भइरहेका सेयरहरुलाई यस वर्गमा लक्षित गरिन्छ । यस्ता कम्पनीहरुको लाभांश वितरण क्षमता प्रायः उच्च हुन्छ ।

Read More
  • MBL - below news