नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आह्वानमा किन ढिलाई, के रेटिङ हकप्रदका लागि हो ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आह्वानमा किन ढिलाई, के रेटिङ हकप्रदका लागि हो ?

लाभांश घोषणा गरेको ४ महिना बितिसक्दा पनि नेपाल पुनर्बीमा कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छैन । सामान्यत कम्पनीहरुले लाभांश घोषणा गरेको केही दिनमा नै कम्पनीको साधारण सभा आह्वान गर्ने गर्छन् । तर कम्पनीले लाभांश घोषणा गरेको यति लामो समय बितिसक्दा समेत बुकक्लोज र साधारण सभाको मिति सार्वजनिक नगर्दा आम लगानीकर्ताहरु अहिले अन्योलमा परेका छन् । 

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीकाे १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेत ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो तर बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरी हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

Read More