एनएलजी इन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर, सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै अपी पावर कम्पनी को पनि २६ लाख २१ हजार ५९४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।








