नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालन गर्न अन्तिम स्विकृति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालन गर्न अन्तिम स्विकृति

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउस लि.लाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

नेशनल पेमेन्ट स्विचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृति प्रदान गरिएको हो भने हाल उक्त स्विचमा आबद्ध हुन बैंक/वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउनेछ ।

विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्विचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक बर्षमा नेपाल क्लियरिङ्ग हाउसलाई स्विकृति प्रदान गरिएको हो ।

उक्त नेशनल पेमेन्ट स्विच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।

Read More
  • MBL - below news