आइसीएफसी फाइनान्स सहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइसीएफसी फाइनान्स सहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सावा दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

आइसीएफसी फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, महालक्ष्मी विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो ।

यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी आइसीएफसी फाइनान्सको १६ लाख १३ हजार ७८८ कित्ता खरीद माग रहेको छ ।

त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको ६ लाख, ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ५२ हजार ५१० इकाई, महालक्ष्मी विकास बैंकको ३ लाख ८ हजार ९ कित्ता र एचआईडिसीएलको २ लाख १४ हजार ३१८ कित्ता धितोपत्र खरीद माग रहेको हो ।

Read More
  • MBL - below news