राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीहरुलाई बिना धितो कर्जा दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीहरुलाई बिना धितो कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।  

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । 

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

Read More
  • MBL - below news