नेपाली बैंकिङ इसितहासको ८५ बर्ष : धातुका सिक्कादेखि डिजिटल वालेटसम्म


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाली बैंकिङ इसितहासको ८५ बर्ष : धातुका सिक्कादेखि डिजिटल वालेटसम्म

पाल बैंक नेपालको पहिलो बैंक हो । जसको जन्म १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पुंजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा विचको अवधीमा उक्त अनुपातमा परिवर्तन हुंदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ भने बैंकको चुक्तापूँजी २०७८ आषाढमा रु. १२ अर्व ६४ करोड पुगेको छ जुन बैंकको महत्वपुर्ण उपलब्धी हो । बैकका वित्तीय परिसूचकहरुले उत्साहजनक नतिजाहरुका साथ बैंकको सफलतालाई देखाएको छ । बैंकको Financial Position तथा Performance बाट शेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक उर्जा प्राप्त भएको छ । २ दशक भन्दा बढि समयसम्मख लाभांस बितरण नगरेको यस बैंकले आ.व. २०७६/७७ देखि लाभांस बितरण गर्न थालिसकेको छ । यसका उत्साहजनक वित्तीय परिसूचकहरुले गर्दा यस बैंक प्रति पुंजीबजारका लगानीकर्ताको आकर्षण बढ्दो छ ।

नेपालमा बैंकिङ इतिहास

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमयको प्रचलन
मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

कौडी : जसले बढायो मुद्राको महत्व ...

Read More
  • MBL - below news