चिन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रले अबैधानिक घोषणा गरिसक्दा पनि विटक्वाइनमा लगानी गर्नेहरु बढीरहेका छन् । चिन र भारतमा यसको प्रयोगकर्ताहरु थपिएकाक छन् । डिजिटल मुद्राको रुपमा स्थापित विटक्वाइनको मुल्य पछिल्ला दिनमा पुन उसैगरी बृद्धि भएको छ ।
हाल यसको मूल्य प्रति इकाई ६७ हजार डलर बराबर छ । पछिल्लो एक बर्ष यो मुद्राको मूल्य लगातार बढेको छ । गत बर्षको जुलाईमा यसको मूल्य ३० हजार डलर थियो । आगामी जनवरीसम्म १ लाख डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकामा कानुनी मान्यता
अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिएको छ । यसै महिनाको अन्त्यतिरबाट अमेरिकाका दुई एक्सचेञ्जहरु सीएमई ग्रुप र सीबीओई ग्लोबल मार्केट एक्सचेञ्जले विटक्वाइनको कारोबार सुरु गर्ने भएका छन् । यससँगै अब लगानीकर्ताले बिटक्वाइनमा हुने फ्युचर कन्ट्रयाक्टको खरिदविक्री गर्न पाउनेछन् ।
के हो बिटक्वाइन ?
बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ ।





