राष्ट्रिय वाणिज्य बैंकको आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क डिजिटल वालेट ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने भएको छ ।  बैंकले विभिन्न पदमा ८ सयभन्दा बढी कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानीका लागि ‘खल्ती’ छनौट गर्न सकिन्छ । 

खल्ती डिजिटल वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद भुक्तानी गर्न सकिन्छ । त्यस्तै होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्न पनि खल्ती प्रयोग गर्न सकिन्छ । ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढी रहेको कम्पनीको दावी छ ।

Read More
  • MBL - below news