थप सेवाका साथ ‘नमस्ते पे’ को परिष्कृत भर्सन आउँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
थप सेवाका साथ ‘नमस्ते पे’ को परिष्कृत भर्सन आउँदै

काठमाडौं । गत भदौ २९ मा सार्वजनिक भएको ‘नमस्ते पे’ मोबाइल वालेटको ‘स्टेबल भर्सन’ (स्थिर संस्करण) आउँदो मंसिरमा सार्वजनिक हुने भएको छ । कम्पनीले हाल वालेटमा उपलब्ध सेवा थप गर्दै नयाँ भर्सन सार्वजनिक गर्न लागेकाे हाे ।

यूएसएसडी कोड र इन्टरनेटमा आधारित भएर दुई महिनाअघि कम्पनीले बेटा भर्सनमा आफ्नो सेवा सुरु गरेको थियो ।

त्यसमा एप डाउनलोडमा समस्या, डाउनलोड भएतापनि खोल्ने बित्तिकै एप क्र्यास हुने समस्या, रजिस्ट्रेसन प्रक्रियाको अन्त्यमा पुगेपछि एप क्र्यास हुने लगायतका समस्या देखापरेका थिए ।

ती समस्याको समधान र थप फिचरसहित कम्पनीले अब भने स्टेबल भर्सन नै प्रयोगकर्तालाई उपलब्ध गराउने भएको हाे ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीका अनुसार मंसिरदेखि बजारमा एपको स्टेबल भर्सन सार्वजनिक हुनेछ ।

Read More