आइएमईले 'वल्र्ड भ्रमण विथ साइग्रेस'को आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गइरहेको छ।
वल्र्ड भ्रमणमा साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा भनिनेछ। साथै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गरिनेछ।
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ। आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ। साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ।





