ई–कमर्सका लागि राम्रो इन्टरफेस र डिजिटल भुत्तानीको सुविधा हुनु एकदमै महत्वपूर्ण कुरा हो । भुक्तानी प्रक्रिया राम्रो र सहज नभएमा ग्राहकहरुले ई–कमर्स साइट चलाउन पनि रुचाउँदैनन् । यसको लागी राम्रो भुक्तानी गेटवे हुनु एकदमै आवश्यक हुनेगर्छ ।
राम्रो भुक्तानी गेटवे भएमा ग्राहकहरुलाई कुनै निश्चित ई–कमर्सलाई विश्वास गर्न पनि सहज हुने गर्छ । भुक्तानी गेटवेले व्यापारीहरूलाई वेबसाइटका साथै मोबाइल एपमा थुप्रै किसिमको लेनदेन सुविधा दिन्छ जसमा डेबिट कार्ड, क्रेडिट कार्ड, वालेट, आदि पर्छन् । त्यस्तै विश्वसनीय सर्टिफिकेट र सिम्बलहरु पनि एकदमै महत्वपूर्ण कारक हुन । केही चर्चित अन्तराष्ट्रिय भुक्तानी सेवाहरुको बारेमा हामिले केहि जानकारी प्रस्तुत गरेका छौ ।
१. पेपलः
पेपल एउटा ई–कमर्स भुक्तानी प्लेटफर्म हो जसले वित्तिय जानकारी नदिइकनै पैसा भुक्तानी गर्न र पाउने सुविधा दिन्छ । यो भुक्तानी सेवा ग्राहकहरुले एकदमै रुचाएको सेवा हो । यसले प्रयोगकर्ताहरुलाई ईमेल एड्रेसको मद्दतले विश्वभर जहाँकहीँ पनि वित्तिय कार्र्यहरु गर्न सक्छन् । पेपल २०३ भन्दा बढि देशहरुमा चल्ने गर्छ । यसले भिसा, मास्टरकार्ड, सिटीबैंक, अमेरिकी एक्सप्रेस जस्तो धेरै प्रयोग हुने क्रेडिट कार्डहरुलाई पनि सपोर्ट गर्छ । नेपालमा भने अहिलेसम्म आधिकारिक रुपमा पेपल सञ्चालनमा छैन । यसमा रहेका महत्वपुर्ण विशेषताहरु यस प्रकारका छन् ।
१. पीसीआई अनुपालन
२. सपिङ कार्ट
३. भर्चुअल टर्मिनल
४. बारकोड स्कयान गर्न मिल्ने
५. क्रेडिट कार्डलाई रिड गर्न मिल्ने
६. छिटो चेकआउट गर्न मिल्ने
७. अनलाइननै इन्भवाइस गर्न सकिने
८. इन्भेन्टरीहरु ट्रयाक गर्न सकिने
२. स्ट्राइप ः
स्ट्राइप पेपल जस्तै सजिलो भुक्तानी प्रोसेसर हो । यो एकदमै प्रयोगकर्ता मैत्री रहेको छ । स्ट्राइपमा सदस्याता या मासिक फी पनि चाँहिदैन् । यसलाई ग्राहकले आफू अनुकुल कस्टोमाइज गर्न सक्छन् । यसमा विशेष किसिमको उपकरण र फिचरहरु पनि हुने गर्छ । स्ट्राइपको एपीआईले सजिलै आफ्नो भुक्तानी जहाँ पनि लिङ्क गर्न सकछन् । यो भुक्तानी सेवाको मद्दतले एलएलसीबाट करपोरेटमा पनि पैसा पठाउन सकिन्छ । यसका फिचरहरु यस प्रकारका रहेका छन् ।
१. यसमा फ्रोड व्यवस्थापनका लागि स्ट्राइप रेडार भन्ने टूल राखिएको छ ।
२. कर्मचारीको खर्चका लागि भर्चुअल र भौतिक कार्ड हुन्छ ।
३. यसमा रहेको बिजनेस इन्टेलिजेन्स एसक्यूएलमा आधारित रहेको छ ।
४.कस्टम पेमेन्ट चाहिने कम्पनीहरुलाई पनि यसले फाइदा पु¥याउँछ ।
३. अमेजन पे
अमेजन पेले अहिले भुक्तानी गर्न एकदमै सजिलो बनाइदिएको छ । यस मार्फत एक सहज प्रकृयाबाट सबै बिल भुक्तानी गर्न सकिन्छ । ग्राहकहरुले छुट्टै मोबाइल एप पनि डाउनलोड गर्नुपर्दैन र एउटै प्लेटफर्म बाट सबै काम गर्न सक्छन् । यो अहिलेका लागि ८ देशहरुमा उपलब्ध रहेको छ । यो भुक्तानी सेवा दुई खालको प्याकेजमा आउने गर्छ । यसमा लगइन गरेर विक्रेतालाई पैसा पठाउन मिल्छ या अमेजन प्रयोग गरेर व्यावसायीहरुलाई भुक्तानी गर्न सकिन्छ । यसले अनलाइनमा खरीदकर्ता र विक्रेता दुवैलाई सहज र सफल रुपमा किनमेल गर्न दिन्छ । यसमा रहेका फिचर केही यस प्रकारका छन् ।
१. अटोमेटिक भुक्तानी
२. मर्चेन्ट वेबसाइट इन्टीग्रेट गर्न सकिने
३. अनलाइन चेकआउट गर्न मिल्ने
४. कम्स्टोमर आईडेन्टीटी
५. ठगीबाट सुरक्षा
६. यसमा रिफण्ड पनि उपलब्ध गराइन्छ ।
७. एउटै अकाउन्टबाट हजारौँ साइटहरु चलाउन सकिन्छ ।
४. अथोराइज डट नेट ...





