‘मिट’ पछिको अर्को असफल परियोजना बन्ने दिशामा टेलिकमको ‘नमस्ते पे’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘मिट’ पछिको अर्को असफल परियोजना बन्ने दिशामा टेलिकमको ‘नमस्ते पे’

काठमाडौं । गएको भदौ २९ मा नेपाल टेलिकमले ‘नमस्ते पे’ मोबाइल वालेट सार्वजनिक गर्‍यो । दर्जनौं मोबाइल वालेटको बीचमा दूरसञ्चारको ठूलो नेटवर्क र ठूलो लगानीका साथ भित्रिएको नमस्ते पे लामो समयदेखि प्रयोगकर्ताका लागि पर्खाइको विषय थियो ।

सुरुमा टेलिकमको मोबाइल नम्बर र नम्बरमा भएको ब्यालेन्सलाई नै कारोबारको माध्यम बनाउने चर्चा भएता पनि यथार्थमा भने त्यो देखिएन ।

यसैबीच यूसएसएसडी कोड र इन्टरनेटमा आधारित भएर दुई महिनाअघि कम्पनीले आफ्नो सेवा सुरु गर्‍यो । सुरु भएता पनि धेरै प्रयोगकर्ताले हालसम्म पनि एप प्रयोग गर्न सकिरहेका छैनन् । कतिपयले एप डाउनलोडमै समस्या भोगे ।

एप डाउनलोड भएता पनि खोल्ने बित्तिकै एप क्र्यास हुने समस्या पनि देखियो । धेरैले रजिस्ट्रेसन प्रक्रियाको अन्त्यमा पुगेपछि एप क्र्यास हुने गुनासो गरे ।

एकपछि अर्को समस्या देखापरेको एप हालसम्म पनि पूर्णरुपमा प्रयोगमा आएको छैन । हुन त कम्पनीले सेवा सुरु गर्दा प्रयोगकर्ताको प्रतिक्रिया लिन भन्दै बेटा भर्सनको रुपमा प्ले स्टोरमा राखेको थियो ।

Read More