काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १५औं वार्षिक साधारणसभा कात्तिक २३ गते मंगलबार बोलाएको हो । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।








