खुसी हुन कति पैसा चाहिन्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
खुसी हुन कति पैसा चाहिन्छ ?

जीवनलाई सहज रूपमा चलाउन यति नै पैसा चाहिन्छ भन्ने ठोकुवा गर्न गाह्रो भए पनि आम्दानीको कति प्रतिशत केमा खर्च गर्ने भन्नेबारे ‘५०–३०–२० नियम’ छ । यसअनुसार आम्दानीको आधा आवश्यकताका वस्तुमा, २० प्रतिशत बचत/लगानीमा र बाँकी ३० प्रतिशत रमाइलोलगायतमा खर्च गर्नुपर्छ । 

संसारमा दुःख गर्न नखोज्नेहरू असंख्य होलान् । तर, पैसा कमाउन नचाहनेहरू भने विरलै भेटिएलान् । नेपाली मात्रै हैन, संसारभरि नै मानिस पैसाकै लागि धर्तीका कुनाकाप्चा पुगेका छन् । यसो हेर्दा लाग्छ, पैसा बढ्नु भनेको मान्छेको खुसी बढ्नु हो । तर के आम्दानी बढ्दै जाँदा खुसीको मात्रा पनि बढ्दै जान्छ ? अझ भनूँ, कति पैसा भयो भने मान्छे खुसी होला ? 

सन् ७० को दशकयता पैसा र खुसीबीचको सम्बन्धबारे भएका अध्ययनहरूले मानिसलाई बढ्दो आयले केही खुसी बनाए पनि त्यो एउटा तहमा पुगेपछि घट्दै जाने देखाएका छन् । प्रिन्स्टन युनिभर्सिटीका, नोबेल पुरस्कार विजेता एंगस डिटन र ड्यानियल क्यानेमनले सन् २०१० मा गरेको अध्ययनले वार्षिक ७५ हजार डलर आयमै व्यक्तिमा खुसीको तह उच्चतम बिन्दुमा पुग्ने देखाएको थियो । त्योभन्दा बढी आम्दानी हुनेको खुसी आम्दानीको अनुपातमा नबढ्ने उक्त अध्ययनका क्रममा पाइयो ।

यस्तै, पर्डु युनिभर्सिटीका एन्ड्र्यु जेब र उनको समूहले सन् २०१८ मा गरेको अर्को अध्ययनले खुसी हुनका लागि संसारमा एक व्यक्तिलाई वार्षिक ९५ हजार अमेरिकी डलरको आम्दानीलाई आदर्श मानिएको छ । यो रकम संसारभरि फरक–फरक छ । जस्तो कि, उत्तर अमेरिकामा १ लाख ५ हजार डलर र पश्चिम युरोपका लागि १ लाख डलर छ । यस्तै, क्यारेबियन मुलुकका लागि वार्षिक ३५ हजार डलरलाई आदर्श आय मानिएको छ । उक्त अध्ययनले दक्षिण एसियालाई नसमेटे पनि नेपालजस्ता मुलुकको आम्दानीस्तरलाई अफ्रिकी मुलुकसँग दाँज्न सकिन्छ । अध्ययनले अफ्रिकी मुलुकमा वार्षिक प्रतिव्यक्ति आम्दानी ४० हजार डलर हुँदा खुसीको तह अधिकतम हुने देखाएको छ ।

Read More
  • MBL - below news